भाटीले आक्रमक ब्याटिङ्ग गर्दा पनि काठमाडौं सस्तैमा समेटियो
क्रीकेटिङ्ग नेपाल     २०७६-०८-२९

सुबोध भाटीले आक्रमक ब्याटिङ्ग गरेपनि कागजमा बलियो देखिएको काठमाडौं गोल्डेन वारियर्सले डिफेण्डिङ्ग च्याम्पियन पोखर पल्टनबिरुद्ध पोखरा प्रिमियर लिगको पहिलो खेलमा मात्र एक सय १५ रन बनाएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारि पहिलो बलिङ्ग गरेको पोखराले कसिलो बलिङ्ग गर्दै काठमाडौलाई २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रनमै रोकेको थियो । काठमाडौंका लागि भारतीय खेलाडी सुबोध भाटीले आक्रमक ब्याटिङ्ग गर्दै २९ बलमा ४५ रन बनाएका थिए ।

ठूलो शट खेल्ने चक्करमा भाटी सरबजित लड्डाको बलमा काउ कर्नरमा समातिएका थिए । भाटीले चार चौका र चार छक्का प्रहार गरेका थिए । गौरभ तोमर (१३) र सुसन भारी श्रेष्ठ (१०) दोहोरो अंकमा योगदान दिने अन्य ब्याट्स्म्यानहरु थिए ।

पोखराका लागि रसिद खान, ललित नारायण राजबंशी र कुशल मल्लले दुई–दुई विकेट लिएका थिए । यस्तै अर्का बिदेशी खेलाडी प्रथमेस डाकेले पनि एक विकेट लिएका थिए ।