उमेन्स च्याम्पियन्स लिग फाइनलकी उत्कृष्ट खेलाडी नेपाली महिला टोलीमा
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-२८

तीन साता अघि त्रिवि क्रिकेट मैदानमा सम्पन्न उमन्स च्याम्पियन्स लिगमा अल राउण्ड प्रदर्शनबाट सबैलाई रिझाउन सफल शान्ति खतिवडाले नेपाली महिला राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउन सफल भएकी छिन् ।

शान्ति, उमेन्स च्याम्पियन्स लिगमा उपाधि बिजेता चितवन राइनोजका लागि सुमन नामले परिचित, आगामी महिना नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदको लागि महिला टोलीमा पर्न सफल भएकी हुन् ।

ब्याटिङ्ग र बलिङ्ग दुवैतर्फ राम्रो खेलाडीको छनक देखाएकी शान्तिले क्याट क्विन्स काठमाडौंबिरुद्धको फाइनलमा उत्कृष्ट बलिङ्ग गर्दै तीन विकेट लिनुका साथै २९ रन पनि बनाएकी थिइन् । दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटका सबै खेलमा पोखरा रँगशालाका लागि तय गरिएको छ ।

मंसिर १५ देखि २८ गतेसम्म हुने प्रतियोगिता नेपालको कप्तानी रुबिना छेत्रीले गर्नेछिन् भने सीता राना मगर उपकप्तान रहेकी छिन् । शान्ति बाहेक राष्ट्रिय महिला टोलिमा पुरानै अनुहार दोहोरिएका छन् ।

टोलिमा पर्न सफल खेलाडीहरुः रुबिना छेत्री (कप्तान),सीता राना मागर (उपकप्तान), काजल श्रेष्ठ (विकेटकिपर), करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वति चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुँवर

बैकल्पिक खेलाडीहरुः ज्योति पाण्डे, सँगिता राई, अस्मिना कर्माचार्य