भारत युवा टोली बिरुद्ध निरिह नेपाली युवा टोली, ११४ मा समेटियो
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-२५

भारतमा जारी यु१९ च्यालेन्जर्स कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ टोलीले भारत सी बिरुद्धको खेलमा निरिह साबित भएको छ ।

भारतीय क्रिकेट बोर्डको आयोजनामा हैदराबादमा भएको खेलमा टस जीतेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको नेपाली टोलीले ३२ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ११४ रन बनाउन सक्यो ।

नेपालको तर्फबाट कुशल मल्लले सर्वाधिक २६ रन बनाए । पाँचौं नम्बरमा ब्याटिंग गर्न आएका कुशलले २९ बलको सामना गर्दै चार चौका प्रहार गरे ।

कुशल बाहेक शेर मल्ल २६ बलमा १४ रन, अरुण ऐरी ३१ बलमा १३ रन, प्रतिष जिसी २९ बलमा ११ रन, तथा खडक बोहरा तथा लोकेश बम क्रमसः १४ र १६ बलको सामना गर्दै समान १०-१० रन बनाएर आउट भए ।

त्यस्तै नेपालका अन्य ब्याट्सम्यानहरुमा कप्तान रित गौतम छ बलमा पाँच रन, विकेट किपर ब्याट्सम्यान हरि बहादुर चौहान आठ बलमा सात रन तथा आकाश चन्द र सागर ढकालले समान ४-४ रन बनाए ।

नेपाली पारी धोस्त पार्ने क्रममा भारतका बलरहरुमा विद्याधर पाटिल, मुज्तबा युसुफ, छिन्नतला रेड्डी, शुभांग हेग्ड़े र रवि सिंहले समान २-२ विकेट हात पारे ।

नेपाली टोली :- रित गौतम, लोकेश बम, खडक बोहरा, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, प्रतिष जिसी, शेर मल्ल, आकाश चन्द, सागर ढकाल र तिलक भण्डारी