युवा टोलीको खराब शुरुवात
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-२५

भारतमा जारी यु१९ च्यालेन्जर्स कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ टोलीले भारत सी बिरुद्धको खेलमा खराब शुरुवात गरेको छ ।

भारतीय क्रिकेट बोर्डको आयोजनामा हैदराबादमा भएको खेलमा टस जीतेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको नेपाली टोलीले १० ओभरमा ४२ रन बनाउँदै शुरुवाती तीन विकेट गुमाएको छ ।

नेपालका ओपनरद्वय रित गौतम र लोकेश बम क्रमसः पाँच र १० रन तथा तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका खडक बोहरा पनि १० रन बनाएर पेभेलियन फर्किए । रित छ, लोकेश १६ र खडक १४ बलको सामना गरे । बोहरा र रितको विकेट विद्याधर पाटिलले लिए भने छिन्नतला रेड्डीले लोकेशलाई आफ्नो शिकार बनाए ।

यो समाचार तयार पार्दा सम्म अरुण ऐरी १३ बलमा तीन रन तथा कुशल मल्ल ११ बलमा सात रन बनाएर क्रिजमा अविजित छन् ।

नेपाली टोली :- रित गौतम, लोकेश बम, खडक बोहरा, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, प्रतिष जिसी, शेर मल्ल, आकाश चन्द, सागर ढकाल र तिलक भण्डारी