भारत बिरुद्ध पहिले ब्याटिंग गर्दै नेपाली युवा टोली
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-२५

भारतमा जारी यु१९ च्यालेन्जर्स कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ टोलीले भारत सी बिरुद्धको खेलमा पहिले ब्याटिंग गर्ने भएको छ ।

भारतीय क्रिकेट बोर्डको आयोजनामा हैदराबादमा भएको खेलमा नेपाली युवा टोलीका कप्तान रित गौतमले टस जीतेर पहिले ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।

पुर्व यु१९ टोलीका कप्तान रितको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल मल्ल र सागर ढकाल जस्ता अनुभबी खेलाडी रहेका छन् ।

नेपाली टोली :- रित गौतम, लोकेश बम, खडक बोहरा, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, प्रतिष जिसी, शेर मल्ल, आकाश चन्द, सागर ढकाल र तिलक भण्डारी