अण्डर–१९ लक्षित दुई दिवसीय प्रतियोगिता हुदै
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-२४

बिगत लामो समयदेखि युवा क्रिकेटरहरुको बिकासमा ठूलो योगदान पुर्याउँदै आइरहेको ग्रेट हिमालय क्रिकेट एकेमेडी (जिएचसिए) ले दुई दिवसीय प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पुष ९ देखि सुरु गरिने यो प्रतियोगितालाई हिमालय क्रिकेट लिग नाम दिइएको छ । पहिलो संस्करण ५० ओभरको रहेको थियो । देशका ६ ओटा क्रिकेट क्लब तथा एकेडेमी भिड्ने छन् । यो सम्भवत नेपाली पुरुष क्रिकेटको पहिलो दुई दिवसीय क्रिकेट प्रतियोगिता हो ।

जिएचसिएका अध्यक्ष सुदिप शर्माले युवाहरुलाई लामो फर्म्याटको क्रिकेटको अनुभव दिलाउदै भविष्यको लागि तयार गर्ने उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लगिएको बताएका छन् ।

खेलमा दुवै टिमले पहिलो इनिङ्गसमा ६० ओभर खेल्नेछन् भने दोश्रो इनिङ्गस असिमित रहनेछ । माघ ४ गते सम्म काठमाडौँमा चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुने आयोजकले बताएका छ ।

कुल खर्च पचास लाख रुपैया रहने प्रतियोगितामा बिजेताले नगद पुरस्कर, ट्रफी र मेडल पाउने छन् । आउदो बर्षवाट टिम संख्या र प्रतियोगिता अबधि वढाउदै लाने पनि आयोजकले जनाएको छ ।