सुमनको अलराउण्ड प्रदर्शनमा राइनोजलाई पहिलो महिला च्याम्पियन्स लिगको उपाधि
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०७

चितवन राइनोज उमेन्स च्याम्पियन्स लिगको पहिलो संस्करणको बिजेत बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको फाइनलमा राइनोजले क्याट क्विन्स काठमाडौंलाई एक पक्षीय खेलमा ४५ रनले पराजित ग¥यो । राइनोजको जितमा सुमन खतिवडाको प्रदर्शन उत्कृष्ट रह्यो । ब्याटिङ्गबाट सर्वाधिक २९ रन बनाउदै राइनोजलाई चार विकेटको क्षतिमा ११२ रनसम्म डो¥याएकी सुमनले नयाँ बल लिएर उत्कृष्ट बलिङ्ग गरेपछि क्याट क्विन्सलाई २० ओभरमा अल आउट हुदै मात्र ६७ रन बनायो ।

राम्रो लाइनमा लगातार बलिङ्ग गर्न सफल सुमनले पहिलो तीन ओभरमा एक विकेट लिदै मात्र तीन खर्चेपछि क्याट क्विन्स शुरु देखि नै दवाबमा खेल्न बाध्य बन्यो । रेखा रावलले सुमनसँगै बलिङ्ग गर्दा चार ओभरमा मात्र ९ रन खर्चेर दुई विकेट लिएकी थिइन् ।

उनले क्याट क्विन्सकी कप्तान रुबिना क्षेत्रीलाई दुई रनमै पेभिलियन फर्काएकी थिइन् । सुमनले चार ओभरमा ११ रन खर्चैदै एक मेडन लिएर तीन विकेट हात पारिन् । रितु कनौजियाले पनि कसिलो बलिङ्ग गर्दै चार ओभरमा मात्र ७ रन खर्चिएर तीन विकेट हात पारिन् ।

यसअघि टस हारि पहिलो ब्याटिङ्ग गरेको राइनोजले २० ओभरमा ४ विकेटको क्षतिमा एक सय १२ रन बनायो । ओपनरद्वय काजोल श्रेष्ठ र कञ्चन श्रेष्ठले पहिलो विकेको लागि ४९ रनको साझेदारी गरेपनि क्याट क्विन्स खेलमा फर्कन सफल भएको थियो ।

क्याट क्विन्सले अनुशासित बलिङ्ग गरेपछि राइनोजले बीचको ओभरमा खुलेर खेल्न सकेन । तर कप्तान इन्दु बर्माले अन्तिमतिर केही आकर्षक शटकहरु खेलेपछि उसले १ सय १० रनको नाघेको थियो । इन्दुले १९ बलमा चार चौकाको मद्दतमा नटआउट २२ रन बनाइन् ।

प्लेयर अफ द फाइनलमा सुमनले पाँच चौका प्रहार गर्दै २५ बलमा सर्वाधिक २९ रन बनाइन् । काजोलले २८ बलमा दुई चौका सहित २१ र कञ्चनले २६ बलमा तीन चौका प्रहार गर्दै १९ रन बनाइन् । सँगिता राइ, लक्ष्मी साउद र सरस्वती कुमारी चौधरीले क्याट क्विन्सका लागि एक एक विकेट लिएका थिए ।

उपाधिसँगै राइनोजले ७ लाख रुपैया पुरस्कार राशी हात पा¥यो भने क्याट क्विन्सले तीन लाख रुपैया पायो । नेपाली घरेलु महिलो खेलकुदमा यो हालसम्मकै सर्वाधिक पुरस्कार राशी हो । प्लेयर अफ द सिरिज रुबिनाले स्कुटर प्राप्त गरिन् ।