राइनोजले उमेन्स च्याम्पियन्स लिगको उपाधिका लागि क्याट क्विन्सलाई दियो १ सय १३ को लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०७

चितवन राइनोजले उमेन्स च्याम्पियन्स लिगको उपाधिका लागि रुबिना क्षेत्रीको क्याट क्विन्स काठमाडौंलाई एक सय १३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको राइनोजले २० ओभरमा ४ विकेटको क्षतिमा एक सय १२ रन बनायो । ओपनरद्वय काजोल श्रेष्ठ र कञ्चन श्रेष्ठले पहिलो विकेको लागि ४९ रनको साझेदारी गरेपनि क्याट क्विन्सले त्यसपछि खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो ।

क्याट क्विन्सले अनुशासित बलिङ्ग गरेपछि राइनोजले दवाबमा खेल्नु परेको थियो । तर कप्तान इन्टु बर्माले अन्तिमतिर केही आकर्षक शटकहरु खेलेपछि उसले १ सय १० रनको नाघेको थियो । इन्दुले १९ बलमा चार चौकाको मद्दतमा नटआउट २२ रन बनाइन् ।

सुमन खतिवडाले पाँच चौका प्रहार गर्दै २५ बलमा सर्वाधिक २९ रन बनाइन् । काजोलले २८ बलमा दुई चौका सहित २१ र कञ्चनले २६ बलमा तीन चौका प्रहार गर्दै १९ रन बनाइन् । सँगिता राइ, लक्ष्मी साउद र सरस्वती कुमारी चौधरीले क्याट क्विन्सका लागि एक एक विकेट लिएका थिए ।

लिग चरणमा क्याट क्विन्स राइनोजसँग पाँच विकेटले पराजित भएको छ ।