२४ रनको अन्तरालमा १० विकेट गुमाउँदा बिराटनगर टाइटांसले क्याट क्विन्स काठमाडौँलाई ६९ रनको सामान्य लक्ष्य दिएको छ ।
खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको बिराटनगरले १७ दशमलब तीन ओभर खेल्दै सबै विकेटगुमाएर मात्र ६८ रन बनाउन सक्यो ।
बिराटनगरको पारी ध्वस्त पार्ने क्रममा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक चार विकेट लिइन् भने इश्वरी बिष्ट, संगिता राई तथा लक्ष्मी साउदले समान एक-एक विकेट हात पारे । चार ओभर बलिङ् गर्दै एक मेडन सहित चार रन मात्र खर्चिन् ।
ओपनरद्वय सोनु खड्का र ज्योती पाण्डे पहिलो विकेटका लागि आक्रमक शुरुवात गर्दै छ दशमलब पाँच ओभरमा ४४ जोडे । तर त्यस पछि लगातार रुपमा विकेट गुमाउँदा बिराटनगर सस्तैमा समेटियो ।
बिराटनगरको तर्फबाट खड्काले २५ बलमा छ चौकाको मद्धतमा ३४ रन तथा पाण्डेले २० बलमा दुई चौकाको मद्धतमा १२ रन जोडिन् । त्यस पछि आएका अन्य ब्याट्सवोमनहरुमा आरती बिडारी ११, लक्ष्मी चौधरी र कप्तान सरिता मगरले समान दुई-दुई, अश्मिना कर्माचार्य एक तथा डली भट्ट र यसोधा बिष्ट शुन्य शुन्य रनमा पेभेलियन फर्किए ।