'द हन्ड्रेड्स' मा सन्दिप एक लाख पाउण्डमा अनुबन्धित
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०४

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने सन् २०२० मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने 'द हन्ड्रेड्स' का लागि एक लाख पाउण्ड (आजको पाउण्डको मुल्य अनुसार एक करोड ४६ लाख ८० हजार) मा अनुबन्धित भएका छन् ।

इंग्ल्यान्डमा आज राती सम्पन्न भएको ड्राफ्टमा सन्दिपलाई ओभल इनभिन्सिब्ल्सले दोश्रो चरणमा आफ्नो टोलीमा अनुबन्ध गरेको हो । विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलेका सन्दिपले हाल सम्म पाएको यो सबै भन्दा ठुलो रकम हो ।

पहिलो पटक आयोजना हुन लागेको 'द हन्ड्रेड्स' मा आठ टिमको सहभागिता हुनेछ । उक्त प्रतियोगिता १००-१०० बलको हुनेछ । यो हाल सम्मको नै सबै भन्दा छोटो फर्म्याटको प्रतियोगिता हो । यस अघि ट्वान्टी ट्वान्टी नै सबै भन्दा छोटो फर्म्याटको खेल रहेको थियो ।

'द हन्ड्रेड्स' मा एक टोलीले १०० बल गर्न पाउने छन् । एक जना बलरले एक पटकमा पाँच देखि १० बल्ल सम्म गर्न पाउने छ भने खेल अवधिभर उसले अधिकतम २० बल गर्न पाउने छ ।

यस प्रतियोगिता आगामी वर्ष जुलाईमा शुरु हुनेछ ।