चितवन राइनोज उमेन्स च्याम्पियन्स लिगको फाइनलमा, टाइटन्स फराकिलो अन्तरले पराजित
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०३

चितवन राइनोज उमेन्स च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोश्रो खेलमा राइनोजले बिराटनगर टाइटन्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । लगातार चौथो जित हात पारेसँगै राइनोजले चार खेलबाट ८ अंक सहित लिग चरणमा शिर्ष स्थानमा कब्जा ग¥यो ।

टस जिति पहिलो ब्याटिङ्ग गरेको राइनोजले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय २२ रन बनायो । जवाफमा टाइटन्स १७ दशमलव पाँच ओभरमा ६९ रनमै अल आउट भएको थियो ।

टाइटन्सले अब मङ्गलबार हुने एलिमिनेटरमा क्याट क्विन्स काठमाडौंको सामना गर्नेछ । यो दुई टोलीको बिजेताले बिहिबार हुने फाइनलमा राइनोजको सामना गर्नेछ । क्याट क्विन्सले बिहिबार भएको पहिलो खेलमा ललितपुर फाल्कन्सलाई पराजित गरेको थियो ।

निकै सकारात्मक बडी ल्याङ्गवेज सहित बलिङ्ग गर्न उत्रेको राइनोजले कुनै पनि समय टाइटन्सलाई खेलमा हावी हुन दिएको थिएन । ओपनर ज्योति पाण्डेले टप अर्डरबाट सर्वाधिक २१ रन बनाइन भने डली भट्टले आक्रमक शटहरु खेल्दै २१ रन नै बनाएपनि त्यो जितका लागि पर्याप्त भने भएन ।

ज्योतिले चार चौका प्रहार गरिन भने डलिले २० बलको सामना गर्दै दुई छक्का र एक चौका हिकाईन् । राइनोजका लागि कविता गौतमले तीन ओभरमा मात्र पाँच रन खर्चिएर तीन विकेट लिएकी थिइन् भने सुमन खतिवडाले दुई विकेट लिइन् ।

यसअघि राइनोजका लागि ओपनरद्वय काजल श्रेष्ट र कञ्चन श्रेष्ठले पहिलो विकेटका लागि १३ ओभरमा ६९ रन जोडेपनि अन्य खेलाडीले त्यसलाई ठूलो योगफलमा बदल्न भने असफल रहे । शनिबारको खेलमा अर्धशतक प्रहार गरेकी काजलले ४६ बलमा दुई चौका प्रहार गर्दै ३६ रन बनाइन् ।

कञ्चनले ४१ ब्लमा ६ चौका प्रहार गर्दै ३४ रन बनाइन् । कप्तान इन्दु बर्मा १७ रनमा नटआउट रहिन् । सबनमले टाइटन्सका लागि दुई विकेट लिएकी थिइन् । सोनु खड्का, शर्मिला मगर र आरती बिडारीले पनि एक–एक विकट हात पारेका थिए ।