राइनोजले टाइटन्सलाई दियो एक सय २३ रनको लक्ष्य, आखा फाइनलतर्फ
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०३

चितवन राइनोजले उमेन्स च्याम्पियनसीप लिगको आफ्नो अन्तिम लिग खेलमा बिराटनगर टाइटन्सलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको छ ।

क्रिवि मैदानमा जारी दिनको दोश्रो खेलमा टस जिति पहिलो ब्याटिङ्ग गरेको राइनोजले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय २२ रन बनायो । राइनोजले खेल जितेको खण्डमा उ सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित भएको खण्डमा शिर्ष स्थानमा रहेका तीन टोली मध्ये एक रनरेटको आधारमा फाइनल जोछन् ।

टाइटन्सले जितेको खण्डमा राइनोज र क्याट क्विन्स काठमाडौंसँगै समान ६ अंक हुनेछ । टाइटन्सलाई सिधै फाइनलमा प्रवेश गर्नका लागि फराकिलो अन्तरको जित आवश्यक रहेको छ ।

राइनोजका लागि ओपनरद्वय काजल श्रेष्ट र कञ्चन श्रेष्ठले पहिलो विकेटका लागि १३ ओभरमा ६९ रन जोडेपनि, त्यसलाई ठूलो योगफलमा बदल्न भने असफल रह्यो । शनिबारको खेलमा अर्धशतक प्रहार गरेकी काजलले ४६ बलमा दुई चौका प्रहार गर्दै ३६ रन बनाइन् ।

कञ्चनले ४१ ब्लमा ६ चौका प्रहार गर्दै ३४ रन बनाइन् । कप्तान इन्दु बर्मा १७ रनमा नटआउट रहिन् । सबनमले टाइटन्सका लागि दुई विकेट लिएकी थिइन् । सोनु खड्का, शर्मिला मगर र आरती बिडारीले पनि एक–एक विकट हात पारेका थिए ।