ललितपुर फाल्कन्सले क्याट क्विन्सलाई दियो एक सय ६ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०३

उमेन्स च्याम्पियन्स लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा ललितपुर फाल्कन्सले क्याट क्विन्स काठमाडौंलाई १ सय ६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको फाल्कन्सले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ५ रन बनायो । पहिलो विकेटका लागि गिता गोसाई (१३) र रोशनी बोहोराले २४ रन जोडेपछि ममता चौधरी (१५) र रोशनीले अर्को ४४ रन जोडेका थिए ।

तर फाल्कन्सले पाएको ठोस शुरुवातलाई ठूलो योगफलमा बदल्न भने सकेन । कप्तान नेरी थापले केही आकर्षक शटहरु खेल्ने क्रममा १९ बलमा चार चौका सहित २२ रन बनाइन् । रोशनी ५० बलको सामना गर्दै २९ रनमा नटआउट रहिन् । उनले दुई चाका प्रहार गरिन् ।

क्याट क्विन्सका लागि इश्वरी बिष्टले दुई विकेट लिइन् भने सरस्वती कुमारी चौधरीले एक विकेट लिएकी थिइन् । आजको खेलमा जित हात पारेको खण्डमा क्याट क्विन्स क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजयले फाल्कन्स प्रतियोगिताबाटै बाहिरिनेछ ।