रोमाको अर्धशतकम क्याट क्विन्सको १ सय ३९ रन
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०२

माथिल्लो क्रमका चार मध्ये तीन ब्याट्स्उमन चम्किएपछि क्याट क्विन्स काठमाडौंले उमेन्स च्याम्पियन्स लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा बिराटनगर टाइटन्सलाई एक सय ४० रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारि पहिलो ब्याटिङ्ग गरेको क्याट क्विन्सले रोमा थापाको अर्धशतकसँगै रश्मी चौलागाई र कप्तान रुबिना क्षेत्रीको महत्वपूर्ण योगदानमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनायो । दोश्रो ओभरमै शोभा आलेलाई गुमाएको क्याट क्विन्सका लागि रश्मी र रोमाले ७६ रनको साझेदारी गर्दै राम्रो योगफलको जग बसाएका थिए ।

रश्मी ४३ बलमा चार चौका प्रहार गर्दै ३४ रन बनाउदा रन आउट हुन पुगिन् । त्यसपछि रोमा र कप्तान रुबिनाले ६० रनको अर्को ठूलो साझेदारी गरेका थिए । रोमा ५२ बलमा ६ चौकाको मद्दतमा ५३ रनमा नटआउट रहिन् ।

रुबिनाले २४ बलमा ३५ रनको पारी खेलिन् । उनको इनिङ्गसमा तीन चौका र एक छक्का सामेल थियो । आजको खेलमा जित हात पारेको खण्डमा बिराटनगर प्लेअफमा पुग्नेछ भने क्याट क्विन्सले जितेमा आफ्नो सम्भावनालाई कायमै राख्नेछ ।