राइनोज प्लेअफमा, सीताको अर्धशतकको जवाफ काजलले दिइन्
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०२

चितवन राइनोज पोखरा पल्टनलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज उमेन्स च्याम्पियन्स लिगको प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा लगातार तेश्रो जित हात पार्ने क्रममा राइनोजका लागि ओपनर काजोल श्रेष्ठले उत्कृष्ट इनिङ्गस खेल्दै अर्धशतक प्रहार गरिन् । टस जितेर पहिलो ब्याटिङ्ग गरेको पल्टनले कप्तान सीता राना मगरको अर्धशतकको मद्दतमा पाँच विकेट गुमाउदै १ सय २७ रन बनायो ।

जवाफमा काजोलले पहिलो विकेटका लागि कञ्चन श्रेष्ठसँग ७१ रनको शान्दार साझेदारी गरेपछि १८ ओभर भित्रै लक्ष्य प्राप्त ग¥यो । लगातार तीन पराजयपछि पल्टन प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।

काजलले ४७ बलमा पाँच चौका प्रहार गर्दै ५१ रन बनाइन् । अञ्जली चन्द बलमा आउट हुनुअघि कञ्चनले २९ रन बनाइन् । उनले ३४ बलममा दुई चौका प्रहार गरिन् । कप्तान इन्दु बर्माले चार चौका हिर्काउदै २३ बलमा २४ रन बनाइन् ।

अञ्जली चन्दले पल्टनका लागि दुई विकेट लिइन् । यसअघि पल्टनका लागि सीताको पारि महत्वपूर्ण रह्यो । १७ रनमा दुई विकेट गुमाएपछि सीताले शिला क्षेत्रीसँग तेश्रो विकेटको लागि ३३ रनको साझेदारी गरिन् ।

मध्यक्रमका अन्यले ठूलो योगफल नबनाएपनि सीताले छैटौं विकेटका लागि मञ्जु बोगटीसँग ४३ रनको साझेदारी गरेका थिए । उनीहरुले अन्तिम दुई ओभरमा २८ रन जोडेका थिए । सीताले ५६ बलमा ७ चौका र एक छक्का सहित नटआउट ६५ रन बनाइन् ।

मञ्जुले महत्वपूर्ण इनिङ्गस खेल्ने क्रममा दुई छक्का र दुई चौकाको मद्दतमा १६ बलमै २४ रन हानिन् । राइनोजका लागि कविता गौतमले दुई विकेट लिएका थिइन् ।