बिराटनगरका खेलाडीहरु जरिवानामा
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०२

उमेन्स च्याम्पियन्स लिगका दौरान भएका दुई खेलहरुमा सुस्त गतिमा बलिङ्ग गरेको थाहा पाइएपछि बिराटनगर टाइटन्सका खेलाडीहरुलाई कारवाही गरिएको छ ।

टाइटन्सले खेलेको ललितपुर फाल्कन्स र पोखरा पल्टनबिरुद्धका खेलहरुमा सुस्त गतिमा बलिङ्ग गरेको पाइएपछि प्रतियोगिताका म्याच अफिसियलहरुले कप्तान सरिता मगरलाई १० प्रतिशत र अन्य खेलाडीहरुलाई पाँच प्रतिशत जरिवाना गरिएको म्याच रेफ्रि समिर खानले जानकारी दिएका छन् ।

टाइटन्सले दुवै खेलमा जित हात पारेको थियो । म्याच अम्पायरहरुले खानलाई यस बिषयमा रिपोर्ट गरेपछि टाइटन्सको ब्यवस्थापन टोलीलाई पठाइएको र कप्तान सरिताले स्विकार गरिसकेकी छिन् ।