रितुको अलराउण्ड प्रदर्शनमा चितवन राइनोजको अर्को जित
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०१

रितु कनौजिया ब्याट र बल दुवैमा चम्केपछि चितवन राइनोजले उमेन्स च्याम्पियन्स लिगमा लगातार दोश्रो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहिवार सम्पन्न दोश्रो खेलमा चितवनले कमजोर ललितपुर फाल्कन्सलाई ९३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिलो खेलमा राइनोजले क्याट क्विन्स काठमाडौंलाई पराजित गरेको थियो ।

टस हारि पहिलो ब्याटिङ्ग गरेको राइनोजले रितको अर्धशतकको मद्दतमा मात्र तीन विकेट गुमाएर एक सय ३५ रन बनायो । जवाफमा फाल्कन्स प्रतियोगिताकै सर्वाधिक कम योगफल ४६ रनमा सिमित भयो । उसको इनिङ्गस १७ दशमलव एक ओभरमा समाप्त भएको थियो ।

रितुले पहिलो दुई विकेट लिएपछि फाल्कन्स शुरुवात देखि नै दवाबमा रह्यो । उसका लागि कप्तान नेरी थापाले १७ रन बनाउन बाहेक अन्य कसैले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

कविता गौतमले पनि चार ओभरमा १३ खर्च गर्दै तीन विकेट लिइन् । यसअघि चौथो ओभरमा ओपनर कञ्चन श्रेष्ठलाई शुन्यमा गुमाएको राइनोजको इनिङ्गसलाई रितुले सम्हालिन् । उनले दोेश्रो विकेटका लागि अर्का ओपनर काजल श्रेष्ठसँग १९ रनको साझेदारी गरिन् ।

त्यसपछि उनले कप्तान इन्दु बर्मासँग ३७ रन जोडिन् । सबैभन्दा महत्वपूर्ण साझेदारी चौथो विकेटको रुपमा आयो । रितु र प्यारी चौधरीले ६८ रनको अविजित साझेदारी गरेका थिए ।

इन्दुले ५५ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाइन् । प्यारीले २३ बलमा २२ रन बनाइन् । नेरीले फाल्कन्सका लागि दुई विकेट हात पारिन् । फाल्कन्सले बिहिवार आफ्नो पहिलो खेलमा बिराटनगरसँग पराजय बेहोरेको थियो ।