रितुको अर्धशतकमा राइनोजको फाल्कन्सलाई एक सय ३६ को लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०१

रितु कनौजियाले अर्धशतक बनाएपछि चितवन राइनोजले उमेन्स च्याम्पियन्स लिगमा ललितपुर फाल्कन्सलाई १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारि पहिलो ब्याटिङ्ग गरेको राइनोजले ३ विकेतटको क्षतिमा १ सय ३५ रन बनायो । चौथो ओभरमा ओपनर कञ्चन श्रेष्ठलाई शुन्यमा गुमाएको राइनोजको इनिङ्गसलाई रितुले सम्हालिन् । उनले दोेश्रो विकेटका लागि अर्का ओपनर काजल श्रेष्ठसँग १९ रनको साझेदारी गरिन् ।

त्यसपछि उनले कप्तान इन्दु बर्मासँग ३७ रन जोडिन् । सबैभन्दा महत्वपूर्ण साझेदारी चौथो विकेटको रुपमा आयो । रितु र प्यारी चौधरीले ६८ रनको अविजित साझेदारी गरेका थिए ।

रितु ले ५५ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाइन् । प्यारीले २३ बलमा २२ रन बनाइन् । नेरीले फाल्कन्सका लागि दुई विकेट हात पारिन् । फाल्कन्सले बिहिवार आफ्नो पहिलो खेलमा बिराटनगरसँग पराजय बेहोरेको थियो ।