बिराटनगर टाइटन्सको अर्को सशक्त प्रदर्शन, पल्टन ६ विकेटले पराजित
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०१

बिराटनगर टाइटन्सले उमेन्स च्याम्पियन्स लिगमा लगातार दोश्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टाइटन्सले शुक्रबार पोखरा पल्टनलाई ६ विकेटले पराजित ग¥यो ।

टाइटन्सले बिहिवार ललितपुर फाल्कन्सलाई चार विकेटले पराजित गरेको थियो । टस जिति पहिलो ब्याटिङ्ग गरेको पल्टन टाइटन्सको कसिलो बलिङ्ग सामु खुलेर खेल्न नसकेपछि २० ओभरमा ५ विकेटको क्षतिमा ९३ रनमै सिमित भयो । टाइटन्सले १५ ओभरमा ५ विकेट गुमाउदै ९५ रन बनायो ।

पहिलो ओभरमै सोनु खड्कालाई शुन्यमै गुमाएको टाइटन्सलाई ओपनर ज्योति पाण्डे र लक्ष्मी चौधरीले ३६ रनको साझेदारी गर्दै सम्हालेका थिए । ज्योति १६ बलमा चार चौकाको मद्दतमा २२ रन बनाएर आउट भइन् । कप्तान सीता राना मगरले डोली भट्टलाई पेभिलियन फर्काएपनि लक्ष्मी र अस्मिना कर्माचार्यले ३० रनको महत्वपूर्ण साझेदारी गरेपछि टाइटन्स जित नजिक पुगेको थियो ।

लक्ष्मीले ३७ बलमा २३ रन बनाइन् । उनले दुई चौका प्रहार गरिन् । लक्ष्मी आउट हुँदा टाइटन्सलाई मात्र ९ रनको आवश्यकता रहेको थियो । अस्मिनाले २१ बलमा दुई चौकाको मद्दतमा १६ रन बनायो । पल्टनका लागि सीताले दुई विकेट लिइन् ।

सोनु खड्का र सबनम राईले एक–एक विकेट लिएपछि पल्टनले १३ रनमा पहिलो दुई विकेट गुमाएको थियो ।

यसअघि सीता र रेवती धामीले तेश्रो विकेटका लागि १९ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेपनि बिराटनगरले अनुशासित बलिङ्गलाई कायमै राख्दा पल्टन ठूलो स्कोर तर्फ बढ्न सकेन । रेवतीले ११ बलमा १२ रन बनाइन् ।

सीताले चौथो विकेटका लागि अञ्जली चन्दसँग पनि २४ रन जोडकी थिइन् । उनले २९ बलमा १६ रन बनाइन् र एउटा पनि बाउन्डरी प्रहार गर्न सकिनन् । अञ्जलीले दुई चौका प्रहार गर्दै १९ बलमा १५ रन बनाइन् ।

कविता कुवर र सरस्वती मगरले छैटौं विकेटका लागि ३७ रनको साझेदारी गरेपछि पल्टन एक सय रन नजिक पुगेको थियो । कविताले २३ बलमा सर्वाधिक २२ रन बनाइन् । उनले दुई चौका प्रहार गरिन् । पल्टनका लागि सबनम राईले दुई विकेट लिइन् ।