बिराटनगर टाइटन्सबिरुद्ध सामान्य योगफलमै रोकियो पल्टन
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०१

बिराटनगर टाइटन्सले उमेन्स च्याम्पियन्स लिगको दोश्रो खेलमा पोखरा पल्टनलाई ९४ रनमै रोकेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको पल्टन टाइटन्सको कसिलो बलिङ्ग सामु खुलेर खेल्न नसकेपछि २० ओभरमा ५ विकेटको क्षतिमा ९३ रनमात्र बनाउन सक्यो । सोनु खड्का र सबनम राईले एक–एक विकेट लिएपछि पल्टनले १३ रनमा पहिलो दुई विकेट गुमाएको थियो ।

कप्तान सीता राना मगर र रेवती धामीले तेश्रो विकेटका लागि १९ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेपनि बिराटनगरले अनुशासित बलिङ्गलाई कायमै राख्दा पल्टन ठूलो स्कोर तर्फ बढ्न सकेन । रेवतीले ११ बलमा १२ रन बनाइन् ।

सीताले चौथो विकेटका लागि अञ्जली चन्दसँग पनि २४ रन जोडकी थिइन् । उनले २९ बलमा १६ रन बनाइन् र एउटा पनि बाउन्डरी प्रहार गर्न सकिनन् । अञ्जलीले दुई चौका प्रहार गर्दै १९ बलमा १५ रन बनाइन् ।

कविता कुवर र सरस्वती मगरले छैटौं विकेटका लागि ३७ रनको साझेदारी गरेपछि पल्टन एक सय रन नजिक पुगेको थियो । कविताले २३ बलमा सर्वाधिक २२ रन बनाइन् । उनले दुई चौका प्रहार गरिन् । पल्टनका लागि सबनम राईले दुई विकेट लिइन् ।