फाल्कन्सको बिराटनगर टाइटन्सलाई १ सय २३ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०६-३०

ललितपुर फाल्कन्सले उमेन्स च्याम्पियन्स लिग अन्तर्गत आफ्नो पहिलो खेलमा बिराटनगर टाइटन्सलाई एक सय २३ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

निकै खराब शुरुवात गर्दै पहिला पाँच विकेट ४७ रनमै गुमाएको फाल्कन्सलाई ममता चौधरी र करुणा भण्डारीले राम्रो साझेदारी गर्दै ७ विकेटको क्षतिमा १ सय २२ रनको सम्मानजक योगफलतर्फ डो¥याए ।

एक चौका र एक छक्का प्रहार गरेकी करुणाले १८ बलमा २१ रन बनाइन् । ममताले २४ बलमा तीन चौकाको मद्दतमा २८ रन बनाइन् । ९६ रनमा ७ विकेट गुमाएको फाल्कन्सलाई त्यसपछि कृति सेन र सम्झना खड्काले २६ रन जोड्दै १ सय २५ रन नजिक पु¥याएका थिए ।

दुवैले ११ बलमा समान १३ रन बनाएका थिए । फाल्कन्सका पाँच खेलाडी रन आउट भएका थिए । टाइटन्सका लागि सबनम राइ र आरती बिडारीले एक–एक विकेट लिए भने अस्मिना कर्माचार्यले चार ओभरमा मात्र १३ रन खर्चिन् ।