नेपालको पहिलो विकेट गयो, कप्तान पारस खड्का आउट
क्रीकेटिङ्ग नेपाल     २०७६-०६-२२

आयरल्याण्डबिरुद्ध जितका लागि १ सय ४६ रन पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

अल अमिरातमा तिब्र शुरुवात दिने क्रममा कप्तान पारस खड्का मार्क अडेरको बलमा आउट हुन पुगे । पारसले १४ बलमा दुई चौका र दुई छक्काको मद्दतमा २५ रन बनाए ।

नेपालले ६ ओभरको समाप्तिसम्म ४५ रन बनाएको छ भने अहिले इशान पाण्डे र आरिफ शेख खेलिरहेका छन् ।

यसअघि एक समय ९५ रनमा एक मात्र विकेट गुमाएको आयरल्याण्डले अर्को २९ रन जोड्दा ७ विकेट गुमाएपछि नेपालले उसलाई २० ओभरमा ८ विकेटको क्षतिभमा १ सय ४५ रनमै रोकेको थियो ।

स्ट्वर्ट थम्पसनले करण केसीले गरेको अन्तिम ओभरमा १८ रन बटुलेपछि आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाई १ सय ४५ रन बनाएको छ ।

करणले फालेको १६ औं ओभरमा आयरल्याण्डका कप्तान तथा ओपनर पल स्टर्लिङ्ग आउट भएपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो । स्टर्लिङ्गले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए ।

अल अमिरातमा टस हारी पहिलो बलिङ्ग गरेको नेपालका लागि सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै आक्रमक ब्याट्स्म्यान केविन ओब्रायनलाई आउट गरेपछि आयरल्याण्डले बिशाल साझेदारी गरेको थियो ।

स्टर्लिङ्गले एन्डी बालबर्नीसँग ८८ रनको साझेदारी गरेपछि आयरल्याण्ड बिशाल योगफलतर्फ अग्रसर रहेको थियो । तर ललितले बालबर्नीलाई आउट गर्दै लामो साझेदारी तोड्न सफल भए ।

बालबर्नीले २८ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ३८ रन बनाए । नेपालका लागि सन्दिपले चार ओभरमा २१ रन खर्चदै दुई विकेट लिए भने अविनाश बोहोराले पनि २२ रन दिएर दुई विकेट हात पारे ।