आयरल्याण्डबिरुद्ध नेपालको उत्कृष्ट पुनरागमन, १ सय १३ रनमा ६ विकेट गयो
क्रीकेटिङ्ग नेपाल     २०७६-०६-२२

नेपालले बलिङ्ग र फिल्डिङ्गबाट उत्कृष्ट पुनरागमन गर्दै आयरल्याण्डलाई ओमानमा जारी ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखलामा दवाबमा राख्न सफल भएको छ ।

एक समय ९५ रनमा एक मात्र विकेट गुमाएको आयरल्याण्डले १८ रनमा पाँच विकेट गुमाउन पुग्या भने उसको रन गतिमा पनि अंकुश लागेको छ ।

करण केसीले फालेको १६ औं ओभरमा आयरल्याण्डले कप्तान तथा ओपनर पल स्टर्लिङ्गलाई गुमाउन पुग्यो । स्टलिङ्गले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए ।

अल अमिरातमा टस हारी पहिलो बलिङ्ग गरेको नेपालका लागि सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै आक्रमक ब्याट्स्म्यान केविन ओब्रायनलाई आउट गरेपछि आयरल्याण्डले बिशाल साझेदारी गरेको थियो ।

स्टर्लिङ्गले एन्डी बालबर्नीसँग ८८ रनको साझेदारी गरेपछि आयरल्याण्ड बिशाल योगफलतर्फ अग्रसर रहेको थियो । तर ललितले बालबर्नीलाई आउट गर्दै लामो साझेदारी तोड्न सफल भए ।

बालबर्नीले २८ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ३८ रन बनाए । लगत्तै अर्को बलमा ह्यारी टेक्टर एक रनमा रनआउट भए । उनलाई दिपेन्द्र सिँह ऐरिले रन आउट गरे ।