लामो खडेरीपछि ललितले दिलाए विकेट, आयरल्याण्डको तीन विकेट गयो
क्रीकेटिङ्ग नेपाल     २०७६-०६-२२

ओमानमा जारी टवान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखल अन्तर्गत आयरल्याण्डबिरुद्धको खेलमा ललित नारायण राजबंशीले दोश्रो सफलता दिलाएसँगै नेपालले तीन विकेट लिन सफल भएको छ ।

अल अमिरातमा टस हारी पहिलो बलिङ्ग गरेको नेपालका लागि सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै आक्रमक ब्याट्स्म्यान केविन ओब्रायनलाई आउट गरेपछि आयरल्याण्डले बिशाल साझेदारी गरेको थियो ।

अर्का ओपनर पल स्टर्लिङ्गले एन्डी बालबर्नीसँग ८८ रनको बिशाल साझेदारी गरेपछि आयरल्याण्ड बिशाल योगफलतर्फ अग्रसर बन्यो । तर ललितले बालबर्नीलाई आउट गर्दै लामो साझेदारी तोड्न सफल भए ।

बालबर्नीले २८ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ३८ रन बनाए । लगत्तै अर्को बलमा ह्यारी टेक्टर एक रनमा रनआउट भए । उनलाई दिपेन्द्र सिँह ऐरिले रन आउट गरे ।

आयरल्याण्ड भने बिशाल योगफलतर्फ अगाडी बढी रहेको छ । स्टर्लिङ्गले अद्र्धशतक प्रहार गरिसकेका छन् भने आयरल्याण्डले १३ ओभरमा १ सय ५ रन बनाईसकेको छ ।