फर्कियो नेपाली युवा टोली
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२५

श्रीलंकामा जारी यु१९ एसिया कपमा सहभागिता जनाएर नेपाली यु१९ टोली आज स्वदेस फर्किएको छ । नेपाली टोली आज बिहान करिब १० बजे नेपाल फर्केको हो ।

नेपाली टोलीले प्रतियोगितामा तीन खेल खेल्दै एकमा जीत र दुईमा हारको सामना गरे पछि समुह चरणबाट नै बाहिरिएको थियो ।

नेपालले पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकासँग डकवर्थ लुइस नियममा पाँच बिकेटको हारको सामना गरेको थियो भने प्रतिस्पर्धात्मक दोश्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित हुन पुगेको थियो । त्यस्तै हिजो मंगलबार भएको आफ्नो तेश्रो तथा अन्तिम लिग चरणको खेलमा नेपालले युएईलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।