सान्त्वना जीतका लागि खेल्दै नेपाली युवा टोली
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२३

यु१९ एसिया कप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपाल यु१९ ले युएई यु१९ को सामना गर्दैछ । भोली मंगलबार कटुनायकेमा आयोजना हुने खेल नेपाली समय अनुसार बिहान पौने दश बजे शुरु हुनेछ ।

नेपालले यस अघि खेलेका दुबै खेलमा पराजय भोगेको छ भने सेमीफाइनल पुग्ने सपना पनि चकानाचुर भएको छ ।

नेपालले युएईलाई पराजित गर्दै सान्त्वना जीत निकाल्ने तथा विश्वकप छनोटमा भोगेको पराजयको बदला लिने दाउमा हुनेछ । नेपाल गत बैशाखमा आयोजना भएको विश्वकप छनोटमा युएईसँग डि/एल मा एक रनले पराजित भए पछि विश्वकपको आशा समाप्त भएको थियो ।

सेमिफाइनल पुग्ने आशा सहित श्रीलंका पुगेको नेपाली युवा टोली आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग डकवर्थ लुइस नियम अनुसार छ विकेटको पराजय भोगेको थियो भने दोश्रो खेलमा बंगलादेश बिरुद्ध विकेटको हारको सामना गर्दै ऐतिहासिक जीत निकाल्नबाट चुकेको थियो ।