शतक बनाउन बाटे चुके पवन, नेपालले पाँच विकेट गुमायो
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२२

पवन शर्राफ एसिसि अण्डर १९ एसिया कप अन्तर्गत बङ्गलादेशबिरुद्धको खेलमा शतक बनाउन बाट चुकेका छन् ।

कोलम्बोमा सुस्त शुरुवातपछि इनिङ्गसलाई गति दिएका पवनले १ सय ९ बलको सामना गर्दै ८१ रन बनाए । उनलाई मृत्युञ्जोय चौधरीले पेभिलियन फर्काए । पवनको इनिङ्गसमा आठ चौका र एक छक्का सामेल थियो ।

७७ बलमा अद्र्धशतक प्रहार गर्ने क्रममा पवनले टोहिद रिदोयको एकै ओभरमा १६ रन प्रहार गरेका थिए । नेपालल ४१ ओभरको समाप्तिमा पाँच विकेट गुमाउदै एक सय ७७ रन बनाएका छ । पवनले चौथो विकेटका लागि रोहित कुमार पौडेलसँग ६६ रनको साझेदारी गरेका थिए ।

रोहितले १४ रन बनाए । नेपाललाई सामान्य शुरुवात दिलाउने काम भने रित गौतमले गरेका थिए । उनले पवनसँग पहिलो विकेटका लागि ४५ रन बटुल्ने क्रममा ३२ रन बनाए । उनको इनिङ्गसमा तीन चौका र एक छक्का सामेल थियो । ९ रनको अन्तरमा दुई विकेट लिने क्रममा बङ्गलादेशले रित र आसिफ शेख (तीन) लाई पेभिलियन फर्कायो ।

त्यसपछि सुस्ताएको नेपाली इनिङ्गसलाई कुशल मल्लले तुलनात्मक रुपमा आक्रमक ब्याटिङ्ग गर्दै गति दिएका थिए । उनले ३३ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।