पवनको अद्र्धशतक, नेपाल राम्रो योगफलतर्फ अग्रसर
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२२

पवन शर्राफले आक्रमक ब्याटिङ्ग गर्दै एकै ओभरमा १६ रन बटुलेपछि एसिसि अण्डर १९ एसिया कपमा बङ्गलादेशबिरुद्ध अद्र्धशतक प्रहार गरेका छन् ।

कोलम्बोमा टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपालले तीन विकेट गुमाएपनि पवनले इनिङ्गस सम्हालेका छन् । ७७ बलमा अद्र्धशतक प्रहार गर्ने क्रममा पवनले टोहिद रिदोयको एकै ओभरमा १६ रन प्रहार गरेका थिए । उनले अहिलेसम्म एक छक्का र सात चौका प्रहार गरिसकेका छन् ।

नेपालले ३५ ओभरमा समाप्तिमा १ सय ५० रन बनाएको छ । ९२ बलमा ६८ रन बनाएका पवनलाई कप्तान रोहित कुमार पौडेलले ११ रन बनाएर साथ दिइरहेका छन् ।

नेपाललाई सामान्य शुरुवात दिलाउने काम भने रित गौतमले गरेका थिए । उनले पवनसँग पहिलो विकेटका लागि ४५ रन बटुल्ने क्रममा ३२ रन बनाए । उनको इनिङ्गसमा तीन चौका र एक छक्का सामेल थियो । ९ रनको अन्तरमा दुई विकेट लिने क्रममा बङ्गलादेशले रित र आसिफ शेख (तीन) लाई पेभिलियन फर्कायो ।

त्यसपछि सुस्ताएको नेपाली इनिङ्गसलाई कुशल मल्लले तुलनात्मक रुपमा आक्रमक ब्याटिङ्ग गर्दै गति दिएका थिए । उनले ३३ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।

नेपालले खेलका लागि एक मात्र परिवर्तन गरेको छ । बाया हाते स्पिनर सुर्य तामाङ्गको स्थानमा सन्दिप जोरालाई ल्याइएको छ ।