नेपालको सामान्य शुरुवात, रित ३२ रन बनाएर आउट
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२२

एसिसि अण्डर १९ एसिया कप अन्तर्गत बलियो प्रतिद्वन्दी बङ्गलादेशबिरुद्ध नेपालले सामान्य शुरुवात गरेको छ ।

कोलम्बोमा टस जितेपछि बङ्गलादेशले पहिलो फिल्डिङ्ग गर्ने निर्णय लिएको थियो । पहिलो १४ ओभरसम्म सम्हालिएर खेल्ने क्रममा ओपनर रित गौतम र पवन शर्राफले ४५ रन जोडेका थिए । रितले ५३ बलको सामना गर्दै तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए ।

नेपालले खेलका लागि एक मात्र परिवर्तन गरेको छ । बाया हाते स्पिनर सुर्य तामाङ्गको स्थानमा सन्दिप जोरालाई ल्याइएको छ ।

नेपालले पहिलो खेलमा श्रीलंकाबिरुद्ध पाँच विकेटको पराजय बेहोरेको थियो । सेमिफाइनलमा प्रवेश गर्नको लागि नेपालले आजको खेल जित्नै पर्नेछ ।

बङ्गलादेशले आफ्नो पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको थियो । समहुमा पहिलो दुई स्थान ओगट्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।