नेपाल बङ्गलादेशबिरुद्ध पहिलो ब्याटिङ्ग गर्दै, सुर्यको स्थानमा सन्दिप जोरा आए
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२२

एसिसि अण्डर १९ एसिया कप अन्तर्गत आइतबारको जित्नै पर्ने खेलमा नेपालले बङ्गलादेशबिरुद्ध पहिलो ब्याटिङ्ग गर्ने भएको छ ।

कोलम्बोमा टस जितेपछि बङ्गलादेशले पहिलो फिल्डिङ्ग गर्ने निर्णय लिएको हो । नेपालले खेलका लागि एक मात्र परिवर्तन ल्याएको छ । बाया हाते स्पिनर सुर्य तामाङ्गको स्थानमा सन्दिप जोरालाई ल्याइएको छ ।

नेपालले पहिलो खेलमा श्रीलंकाबिरुद्ध पाँच विकेटको पराजय बेहोरेको थियो । सेमिफाइनलमा प्रवेश गर्नको लागि नेपालले आजको खेल जित्नै पर्नेछ ।

बङ्गलादेशले आफ्नो पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको थियो । समहुमा पहिलो दुई स्थान ओगट्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सिँगापुरमा हुने क्रिकोणत्मक श्रंखलाका सबै खेल फ्लड लाइटमा खेलाइने छ । नेपालले त्यहा जिम्बावेसँग पनि दुई खेल खेल्नेछ ।