रशिदले दिलाए नेपाललाई पहिलो सफलता 
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत श्रीलंका यु१९ बिरुद्धको आफ्नो पहिलो खेलमा नेपाल यु१९ लाई पहिलो सफलता हात परेको छ ।

नेपालका तिब्र गतिका बलर रशिद खानले ११ बलमा १२ रन बनाएका नवोद परनाविथानालाई हरि बहादुर चौहानको हातबाट क्याच थमाउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

१६० रनको लक्ष्य पक्ष्याएको श्रीलंकाली ताजा अवस्थामा पाँच ओभरमा २३ रन बनाउँदै एक विकेट गुमाएको छ ।

यस अघि ओपनर रित गौतम र कप्तान रोहित कुमार पौडेलको उत्कृस्ट पारीका बाबजुत यु१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले श्रीलंका यु१९ लाई १६० रनको लक्ष्य दिएको छ ।

वर्षा बाधक भएसँगै खेल ४२ ओभरमा छोट्टाईएको खेलमा नेपालले ४२ ओभरमा नौं विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो ।

छ दशमलब पाँच ओभरमा २४ रन भएको अवस्थामा दुई विकेट गुमाएको नेपालको पारी सम्हाल्ने क्रममा ओपनर रित गौतम र कप्तान रोहित कुमार पौडेलले ९१ रन जोडे ।

नेपालको तर्फबाट सर्वाधिक रन जोडेका रितले ८५ बलको सामना गर्दै चार चौकाको मद्धतमा ५४ रन बनाए । त्यस्तै अर्ध शतक बनाउन चुके पनि सम्हालिएको पारी खेलेका रोहितले ८० बलमा ४७ रनको पारी खेले ।

आजको खेलमा खराब शुरुवात गरेको नेपालले ओपनर पवन सर्राफलाई चार तथा विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई सात रनमा गुमाएको हो । क्रमसः १३ र १२ बलको सामना गरेका पवन र आसिफ दिलशान मदुशंकाको शिकार भएका हुन् ।

रोहित र रितको विकेटको पतन पछि क्रिजमा आएका भिम सार्की एक, कुशल मल्ल दुई, हरि बहादुर चौहान १२ तथा कमल सिंह ऐरी दुई रनमा पेभेलियन फर्किए भने रशिद खान १५ तथा सगर ढकाल एक रनमा अविजित रहे ।