वर्षाका कारण नेपाल र श्रीलंका बिचको खेल ४२ ओभरको हुने
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत नेपाल यु१९ र श्रीलंका यु१९ बिचको खेलमा वर्षा बाधक भएसँगै खेल ४२ ओभरमा छोट्टाईएको छ ।

खेलमा टस जीतेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको नेपालले नौं ओभरमा दुई विकेट गुमाएर ४३ रन बनाएको अवस्थामा पानी पर्न थाले पछि खेल रोकिएको थियो ।

आजको खेलमा खराब शुरुवात गरेको नेपालले ओपनर पवन सर्राफलाई चार तथा विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई सात रनमा गुमाएको हो । क्रमसः १३ र १२ बलको सामना गरेका पवन र आसिफ दिलशान मदुशंकाको शिकार भएका हुन् ।

नेपालका अर्का ओपनर रित गौतम २७ बलमा २१ रन तथा कप्तान रोहित कुमार पौडेल पाँच बलमा दुई रन बनाएर क्रिजमा छन् ।

आजको खेलमा नेपाली टोलीले अनुभबी सन्दिप जोरासँगै प्रतिष जिसी र लोकेश बमलाई बिश्राम दिएको छ ।

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान)

रित गौतम

पवन सर्राफ

असिफ शेख

भिम सार्की

हरि बहादुर चौहान

कुशल मल्ल

रशिद खान

कमल सिंह ऐरी

सागर ढकाल

खडक बोहरा

सुर्य तामांग