शाहजाद एक वर्षका लागि निलम्बित्
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-०२

अफगानिस्तान क्रिकेट बोर्डले विकेट किपर तथा ओपनर ब्याट्सम्यान अहमद शाहजादलाई एक वर्षको लागि निलम्बन गरेको छ ।

केहि दिन अघि मात्र अनिस्चित कालका लागि निलम्बन गरेको जनाएको बोर्डले आज एक प्रेश विज्ञप्ति जारी गर्दै एक वर्षको लागि निलम्बन गरेको जनाएको छ । अब शाहजादले यो अवधिमा कुनै पनि खालको क्रिकेट खेल्न पाउने छैनन् ।

अफगानिस्तान क्रिकेट बोर्डको नियम अनुसार कुनै पनि खेलाडी देश बाहिर जाने बेलामा बोर्डको स्विकृति लिन जरुरी हुन्छ र शाहजादले बाहिर जाँदा कुनै स्विकृति नलिएर बोर्डको आचार संहिता पालना नगरेको भन्दै बोर्डले उनलाई कारबाही स्वरुप निलम्बन गरेको हो ।

अफगान क्रिकेट बोर्डले आफ्नो प्रेश विज्ञप्तिमा यस्तो भनेको छ 'अफगानिस्तान क्रिकेट बोर्डले अफगानिस्तानमा नै आफ्ना खेलाडीहरुको अभ्यासका लागि सुविधा सम्पन्न र राम्रो प्रशिक्षणको व्यवस्था गरेको छ । कुनै पनि खेलाडीले अभ्यासका लागि भने विदेश जान पर्दैन । '

पछिल्लो समय शाहजादको बोर्डसँगको सम्बन्ध बिग्रिएको छ । इंग्ल्यान्ड र वेल्समा हालै सम्पन्न विश्वकपका क्रममा शाहजाद घाइते भएको भन्दै उनको स्थानमा अर्को खेलाडीलाई टोलीमा समावेस गर्दै उनलाई घर फर्काइएको थियो । पछि शाहजाद रुँदै बोर्डले आफु माथि पुर्वाग्रही भएर टोलीबाट हटाएको भन्दै निकालेको एक भिडियो भईरल पनि भएको थियो ।बोर्डले भने उनी घुंडाको समस्याबाट ठिक हुन नसकेकाले उनको स्थानमा अर्को खेलाडी समावेस गरिएको जनाएको थियो ।

पाकिस्तान पेशावर स्थित शरणार्थी शिबिरमा आफ्नो बाल्यकाल बिताएका शाहजाद आहिले पनि पेशावरमा नै बसोबास गर्ने गर्छन । बोर्डले भने उनलाई बारम्बार अफगानिस्तानमा नै बसोबास गर्न अन्यथा उनलाई अनुबन्धबाट हटाउने धम्कि दिंदै आएको थियो । हालै उनी पेशावरमा अभ्यास गरिएको देखिए पछि बोर्डले यस्तो निर्णय लिएको बुझ्न सकिन्छ ।