डिकवेला र लक्मालको महत्वपूर्ण अद्र्धशतकीय साझेदारीले सम्हालियो श्रीलंका
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-३०

निरोशन डिकवेला र सुरँगा लक्मालले आठौं विकेटका लागि महत्वपूर्ण अद्र्धशतकीय साझेदारी गरेपछि श्रीलंकाले न्युजिल्याण्डबिरुद्धको पहिलो टेस्टको दोश्रो दिन सम्मानजनक योगफल खडा गरेको छ ।

गलमा पहिलो दिन अकिला धनञ्जयले पाँच र सुरँगा लक्मालले ४ विकेट लिएपछि २ सय ४९ रनमै समेटिएको न्युजिल्याण्डले खेलमा फर्कदै श्रीलंकाको १६१ रनमै ७ विकेट झारेको थियो । तर डिकवेला र लक्मालले १ सय २१ बलसम्म टिकेर न्युजिल्याण्डको धैर्यताको परिक्षा लिएपछि श्रीलंका मात्र २२ रनले पछि रहेको हो ।

डिकवेलाले ३९ र लक्मालले २८ रन बनाएर खेलिरहेका छन् । ओपनर दिमुथ करुणारत्नेले ३९ रन बनाएपनि ६६ रनमै दुई विकेट गुमाएको श्रीलंकाको लागि कुशल मेण्डिस र एन्जेलो म्याथ्युजले अद्र्धशतक प्रहार गर्दै ७७ रनको साझेदारी गरेका थिए ।

मेण्डिसले ८९ बलमा ५३ र म्याथ्युजले ९८ बलमा ५० रन बनाए । दुवै ब्याट्स्म्यानले सात चौका र एक छक्का प्रहार गरेका थिए । अजज पटेलले पहिलो चार विकेट लिएपछि श्रीलंका दवाबमा आएको थियो । उनले पाँच विकेट लिएका छन् ।

पहिलो दिन न्युजिल्याण्डका लागि भेटेरान रोस टेलरले १ सय ३२ बलमा ६ चौका हिर्काउदै ८६ रन बनाएका थिए । यस्ते हेन्री निकोल्सले ४२ रनको योगदान दिएका थिए ।