दक्षिण अफ्रिकाको नयाँ कप्तानमा डि कक
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-२८

दक्षिण अफ्रिका क्रिकेट बोर्डले ट्वान्टी ट्वान्टीका नयाँ कप्तानका रुपमा क्विन्टन डि ककलाई नियुक्त गरेको छ । त्यस्तै टेस्टमा फाफ डु प्लेसिसलाई निरन्तरता दिएको छ ।

दक्षिण अफ्रिकाले भारत भ्रमणका लागि आज सार्वजनिक गरको टोलीका कप्तान डु प्लेसिसलाई हटाएर डि ककलाई नियुक्त गरेको हो । कप्तानको साथ साथै डु प्लेसिसले टोलीमा पनि स्थान बनाउन सकेनन् ।

हालै इंग्ल्यान्ड र वेल्समा सम्पन्न विश्वकप पछि बोर्डले डु प्लेसिसलाई टेस्टमा कप्तानीको जिम्मा दिने बताएता पनि एकदिवसीय र ट्वान्टी ट्वान्टीमा के गर्ने भनेर निर्णय लिएको थिएन । विश्वकपमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गर्दै पहिलो चरणबाट नै बाहिरिएसँगै कप्तान डु प्लेसिसलाई पदबाट हटाउने अड्कलबाजी चलेको थियो ।

दक्षिण अफ्रिकाले सेप्टेम्बरमा गर्ने भारत भ्रमणका क्रममा समान ३-३ ट्वान्टी ट्वान्टी र टेस्ट खेल्ने छ ।

ट्वान्टी ट्वान्टी टोली - क्विन्टन डि कक, रस्सी भान डर दुस्सेन, टेम्बा बवुमा, जुनियर डाला, व्जोर्न फोर्टुंइन, बेउरन हेन्द्रिक्स, रेजा हेन्द्रिक्स,डेविड मिलर, एनरिच नोर्ट्जे, एन्डिले फेहलुक्वायो, ड़्वोएन प्रेटोरियोस, कागिसो रबाडा, ताब्रिज़ शाम्सी, जोन-जोन स्मट्स

टेस्ट टोली - फाफ डु प्लेसिस (कप्तान), टेम्बा बवुमा, थेउनिस डि ब्रुयन, क्विन्टन डि कक, डिन एल्गर, जुबयर हम्ज़ा, केशव महाराज, ऐडेन मक्राम, सेनुरन मुथुसम्य, लुंगी एनगिदी, एनरिच नोर्ट्जे, भेरोन फिलान्डर, दाने पिएद्ट, कागिसो रबाडा, रुडी सेकेन्ड