ब्रायन लाराको दुई किर्तिमान तोड्दै क्रिस गेल
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-२६

युनिभर्सल बोस क्रिस गेलले ब्रायन लाराको किर्तिमान भंग गर्दैछन् । गेलले वेस्ट इण्डिजका खेलाडी मध्य सर्वाधिक एकदिवसीय खेल खेल्ने तथा एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाउन लागेका हुन् । यस अघि यी किर्तिमान लाराको नाममा रहेको थियो ।

आजको खेलमा शुरुवाती ११ परेका गेलले आफ्नो ३००औं एकदिवसीय खेल खेल्न लागेका हुन् । उनि एकदिवसीय खेलमा ३०० खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् भने लाराले २९९ खेल खेलेका थिए ।

त्यस्तै आजको खेलमा गेलले नौं रन जोडेको खण्डमा उनि वेस्ट इण्डिजका ब्याट्सम्यान मध्य धेरै रन बनाउने खेलाडी बन्ने छन् ।

सन् १९९० देखि २००७ को आवधिमा लाराले २९९ खेलमा २८९ पारी खेल्दै १० हजार चार सय पाँच रन बनाएका थिए । १७ वर्षे लामो क्रिकेट करियरमा लाराले १९ शतक र ६२ अर्धशतक प्रहार गरेका थिए । गेलले भने २९२ पारीमा २५ शतक र ५३ अर्धशतक प्रहार गरेका छन् ।

आजको खेलमा भारतले टस जीतेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ ।