भारत र वेस्ट इण्डिज बीचको दोश्रो एकदिवसीय आज
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-२६

घरेलु टोली वेस्ट इण्डिज र भारत बीचको दोश्रो एकदिवसीय खेल आज हुँदैछ । त्रिनिडाडमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे शुरु हुनेछ ।

आजको खेलमा जीत हात पार्ने टोलीले कम्तिमा शृंखला गुमाउने छैन । यस अघि गुयनामा सम्पन्न भएको खेल वर्षाका कारण रद्ध भएको थियो । वर्षाका कारण पटक पटक अभरुद्ध भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इण्डिजले पहिलो पारीमा १३ ओभर खेल्दै एक विकेटको क्षेतीमा ५४ रन बनाएको अवस्थामा वर्षाले खेल हुन नसके पछि रद्ध भएको थियो ।

यस अघि अमेरिकामा आयोजना भएको यी दुई टोली बिचको तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला भारतले ह्व़ाइट वास गरेको थियो । पहिलो र दोश्रो ट्वान्टी ट्वान्टी खेल क्रमसः चार विकेट र डकवर्थ लुइस नियममा २२ रनले जीत हात पारेको भारतले तेश्रो तथा अन्तिम खेल सात विकेटले जित्दै शृंखला माथि क्लिन स्विप गरेको हो ।