क्लासेनको तुफानी शतकमा सन्दिपको टोलीले सोमपालको टोलीलाई दियो २३९ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-२४

क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी अन्तगर्त एलिमिनेटर खेलमा हेन्रीच क्लासेनको तुफानी शतकको मद्धतमा सन्दिप लामिछानेको टोली टोरन्टो न्याशनल्सले सोमपाल कामी सम्मिलित विनिपेग हक्सलाई २३९ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको टोरन्टोले २० ओभरमा पाँच विकेट गुमाएर २३८ रनको योगफल खडा गर्यो ।

टोरन्टोको तर्फबाट क्लासेनले ४९ बलको सामना गर्दै अविजित १०६ रन बनाए । ४८ बलमा आफ्नो शतक पुरा गरेका क्लासेनले ११ चौका र पाँच छक्का प्रहार गरे । ओपनर चिराग सुरी १६ रन बनाएर आउट भए पछि क्रिजमा आएका क्लासेनले टोरन्टोको तर्फबाट दोश्रो विकेटका लागि अर्का ओपनर रोड्रिगो थोमस सँग मिलेर ६२ बलमा १३७ रन जोडे । २० बलको सामना गरेका थोमस सात चौका र पाँच छक्काको मद्धतमा ७३ रन जोड्दै मोहम्मद इरफानको शिकार भए ।

विनिपेगका मोहम्मद इरफान र कालिम सानाले समान २-२ विकेट हात पारे ।

आजको खेलमा विनिपेग हक्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीलाई शुरुवाती ११ मा राखेको छैन भने टोरन्टो न्याशनल्सले भने युवा लेग स्पिनर सन्दिप लामिछानेलाई शुरुवाती ११ मा स्थान दिएको छ ।

सन्दिपले यस संस्करणको प्रतियोगितमा तीन खेल खेलेका छन् भने सोमपालले एक खेलमा मात्र मौका पाएका छन् । एडमोंटन रोयल्ससँगको खेलमा शुरुवाती ११ मा परेका सोमपालले ब्याटिंग तर्फ पाँच बल खेल्दै एक रनमा अविजित रहे भने दुई ओभर मात्र बलिंग गरेका उनले ३३ रन खर्चिएका थिए भने विकेट पनि हात पार्न सकेनन् । सन्दिपले भने आफुले खेलेका तीनवटा नै खेलमा १-१ विकेट लिएका थिए ।

आजको खेलमा जीत हात पार्ने टोलीले दोश्रो एलिमिनेटरमा ब्राम्पटन उल्भ्सको सामना गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।