अमलाले लिए अन्तरास्ट्रिय क्रिकेटबाट सन्यास
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-२३

दक्षिण अफ्रिकाका ओपनिंग ब्याट्सम्यान हसिम अमलाले सबै खालको अन्तरास्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । टेस्ट, ट्वान्टी ट्वान्टी तथा एकदिवसीय खेलबाट सन्यास लिएता पनि अमलाले घरेलु क्रिकेट भने खेल्ने छन् ।

१५ वर्षे लामो खेल जीवनमा अमलाले दक्षिण अफ्रिकाका लागि १२४ टेस्ट, १८१ एकदिवसीय तथा ४४ ट्वान्टी ट्वान्टी खेलेका थिए ।

सन् २००४ मा दक्षिण अफ्रिकाका लागि टेस्टमा भारत बिरुद्धको खेलमा डेब्यु गरेका अमलाले १२४ टेस्ट खेल्दै ४६ दशमलब ६४ को औशतमा कुल नौं हजार दुई सय ८२ रन प्रहार गरेका थिए । उनले २१५ पारीमा २८ शतक तथा ४१ अर्ध शतक आफ्नो नाममा लेखाएका छन् ।

अमलाले एकदिवसीयमा भने सन् २००८ तथा ट्वान्टी ट्वान्टीमा २००९ मा डेब्यु गरेका थिए । एकदिवसीयमा १८१ क्याप जीतेका अमलाले ४९ दशमलब ४६ को औशतमा आठ हजार एक सय १३ रन प्रहार गरेका थिए । २७ शतक र ३९ अर्धशतक प्रहार गरेका अमलाले ट्वान्टी ट्वान्टीमा आठ अर्ध शतकको मद्धतमा कुल १२७७ रन बनाएका थिए ।

अमला टेस्टमा दक्षिण अफ्रिकाका लागि धेरै रन बनाउने खेलाडीको सुचिमा दोश्रो नम्बरमा छन् भने एकदिवसीयमा तेश्रो नम्बरमा छन् । टेस्ट र एकदिवसीयमा दक्षिण अफ्रिकाको लागि ज्याक कालिसले सर्वाधिक रन बनाएका छन् भने एकदिवसीयमा एबी डि भिलियर्स दोश्रो नम्बरमा रहेका छन् ।