पुनरागमनमा स्मिथको दुई पारीमा किर्तिमानी दुई शतक
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-१९

अस्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथले आफ्नो पुनरागम टेस्टको दुई पारीमा दुबैमा शतक प्रहार गरेका छन् ।

इंग्ल्यान्डमा जारी एसेजको पहिलो टेस्टको दोश्रो पारीमा स्मिथले शतक प्रहार गर्दै सन् २००२ को एसेज पछाडी दुबै पारीमा शतक जोड्ने पहिलो खेलाडी पनि बनेका छन् । सन् २००२ मा सम्पन्न एसेजमा अस्ट्रेलियाका ओपनर म्याथ्यु हेडेनले दुबै पारीमा शतक प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकासँगको टेस्टका क्रममा बल टेम्परिंग गरेकोमा एक बर्षको प्रतिबन्ध खेपेका स्मिथले पुनरागमको पहिलो टेस्टको पहिलो पारीमा पनि १४४ रन प्रहार गरेका थिए । पहिलो पारीमा अस्ट्रेलिया २८४ रनमा अल आउट भएको थियो । त्यस्तै दोश्रो पारीमा स्मिथ यो समाचार तयार पार्दा सम्म १५९ बलको सामना गर्दै ११ चौकाको मद्धतमा १०८ रनमा खेल्दै छन् । उनको यो २५औं शतक हो ।