जब अफ्रिदीले वाहबलाई भनेः पागल हे क्या ? बलिङ्ग कौन करेगा ?
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-१५

पाकिस्तानी भेटेरान अलराउण्डर शाहिद अफ्रिदीले क्यानडामा जारी ग्लोबल ट्वान्टी ट्वान्टी कम्पिटिसनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

आईतबार भएको खेलमा अफ्रिदीले ४० बलमै ८१ रन बनाएपछि उनको टोली ब्राम्प्टन उल्भ्सले एडमन्टन रोयल्सलाई २७ रनले पराजित ग¥यो । उल्भ्सको जितमा अफ्रिदी आफ्नो पुरानै लयमा देखिर्दै बलरहरुको नराम्रो धुलाई गरेका थिए ।

तर खेलमा यस्तो पनि क्षण जहाँ अफ्रिदीले गरेको एउटा संवादका कारण फ्यानहरु बिभाजित हुन पुगे । आफ्नै पाकिस्तानी पुर्व टिम मेट वाहब रियाजसँग गरिएको उक्त संवाद स्टम्प माइकमा सुनिएको थियो ।

उल्भ्सको अन्तिम ओभरको अन्तिम बलमा अफ्रिदीले एक रन बटुले । नन स्ट्राइकर एण्डमा रहेका रियाजले अर्को रनको लागि कल गरेपछि अफ्रिदीले उर्दुमा भने: "पागल हे क्या ? बलिङ्ग कौन करेगा ?" (पागल छस कि क्या हो ? बलिङ्ग कसले गर्छ ?)

अफ्रिदीले आफू रनआउट हुन सक्ने देखिएपछि खेलको अन्तिम बलपछि कसैले बलिङ्ग गर्ने वाला छैन भन्दै वाहबलाई रन नलिनका लागि हकारेका हुन् । उनी यसअघि पनि आफ्नै टोलीका खेलाडीहरुलाई कैयौं पटक गाली गर्दै आएको माइकले समातेको छ ।

३९ बर्षीय अफ्रिदीले ११ चौका र पाँच छक्का प्रहार गरेपछि उल्भ्सले खेलमा २ सय ७ रन बनाएको थियो । रोयल्सले जवाफमा १ सय ८० रन मात्र बनाउन सक्यो । उनि खेलको म्यान अफ द म्याच पनि भएका थिए ।