अस्ट्रेलियाको सामान्य ब्याटिंग प्रदर्शन, फाइनल पुग्न इंग्ल्यान्डलाई २२४ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-२६

बलरहरु शुरुवात देखि नै हाबी हुँदा विश्वकपको अस्ट्रेलियासँगको दोश्रो सेमीफाइनल खेलमा आयोजक इंग्ल्यान्डले फाइनल प्रवेसका लागि २२४ रनको सामान्य लक्ष्य पाएको छ ।

खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र २२३ रन बनाउन सक्यो ।

खराब शुरुवात गरेको अस्ट्रेलियालाई उकास्ने क्रममा स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाए । तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका स्मिथले रन आउट हुनु अघि ११९ बलको सामना गर्दै छ चौका प्रहार गरे ।

अस्ट्रेलियाले ६.१ ओभरमा १४ रनको अवस्थामा तीन विकेट गुमाउँदै खराब शुरुवात गर्यो । त्यस पछि स्टिभस्मिथ र एलेक्स क्यारीले चौथों विकेटका लागि १०३ रनको शाझेदारी गर्दै अस्ट्रेलियाको पारी सम्हालेका थिए । क्यारी ७० बलमा ४६ रन बनाउँदै आदिल रशिदको शिकार भए ।

अस्ट्रेलियाका अन्य ब्याट्सम्यानमा मिचेल स्टार्क २९ तथा ग्लेन म्याक्सवेलले पनि २२ रनको पारी खेले । त्यस बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाले पहिलो बलमा नै शुन्य रनमा कप्तान आरोन फिन्चलाई गुमायो भने अर्का ओपनर डेविड वार्नरलाई नौं रनमा गुमाएर खराब शुरुवात गर्यो । पिटर ह्यान्ड्सकम्ब चार तथा मार्कस स्टिनिस शुन्य रनमा आउट भए पछि अस्ट्रेलिया ११८ रनमा पाँच विकेटको अवस्थमा पुगेको अवस्थमा पुगेको थियो ।

अस्ट्रेलियालाई मध्यम स्कोरमा रोक्ने क्रममा क्रिस वोक्स र आदिल रशिदले समान ३-३ विकेट लिए भने जोफ्रा आर्चरले किफायती बलिंग गर्दै १० ओभरमा मात्र खर्चीएर दुई विकेट हात पारे ।