मलेसिया बिरुद्ध दिपेन्द्रले खेल्ने सम्भावना न्युन
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-२६

घरेलु टोली मलेसिया बिरुद्धको दुईवटा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलको शृंखलामा अलराउण्डर दिपेन्द्र सिंह ऐरीले खेल्ने सम्भावना न्युन भएको छ ।

गत महिना टियु क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कप अन्तर्गत त्रिभुवन आर्मी क्लब बिरुद्धको फाइनल खेलका क्रममा क्याच समात्ने क्रममा नेपाल पुलिसका दिपेन्द्रको औंलामा चोट लागेको थियो । उनले उत्तिनै खेर हस्पिटलमा गएर पनि जचाएका थिए । उनको चोट निको हुनका लागि करिब छ हफ्ता लाग्ने बताइएको थियो ।

दिपेन्द्र पुर्ण रुपमा फिट नभएता पनि यहि जुलाई २२ देखि सिंगापुरमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप तथा मलेसियासँगको शृंखलाका लागि पुर्ण ठिक हुने भन्दै उनलाई टोलीमा समावेस गरिएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र प्रशिक्षक उमेश पटवालले पनि दिपेन्द्र पहिलेको भन्दा धेरै ठिक भएको र अभ्यसमा ब्याटिंग, बलिंग र फिल्डिंग गरेको बताए । तर भोली बेलुका यदि फिजियोले शतप्रतिशत फिट बताएमा मात्र खेल्ने पनि कप्तान खड्का र प्रशिक्षक पटवालले बताए ।

त्यस्तै कप्तान पारस र प्रशिक्षक पटवालले दिपेन्द्र खेल्न सक्ने अवस्थामा रहेको र यस शृंखलामा बिश्राम दिएर सिंगापुरको लागि तयार पार्ने सम्भावना रहेको पनि जनाए ।

दिपेन्द्र आफैले पनि आफ्नो औंला ठिक हुँदै गएको र खेल खेल्नका लागि तयार रहेको तर मलेसिया खेलमा खेल्ने भन्दा पनि क्वालीफायर्समा खेल्नका लागि पनि आफुले बिश्राम लिन खोजेको पनि बताए ।