मलेसियासँगको खेलले नेपाललाई अभ्यस्त बनाउनेछ: उमेश पटवाल
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-२६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले मलेसियाबिरुद्धको दुई ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियले आफ्नो टोलीलाई राम्रो तयारी दिने बताएका छन् ।

सिँगापुरमा जुलाई २० देखि शुरु हुन गइरहेको आईसिसि ट्वान्टी ट्वान्टी वल्र्ड कप एसिया रिजनल क्वालिफायरका लागि नेपाली टोली हाल तयारीका लागि मलेसियामा रहेको छ । मलेसियामा नेपालले घरेलु टोलीसँग आगामी शनिबार र आईतबार ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्न गइरहेको छ ।

"हामीले नेपालमा पनि केही दिनका लागि राम्रो तयारी गरेको थियौं । अब मलेसियासँग हुन गइरहेको दुईवटा खेलले पनि केटाहरुलाई राम्रो अभ्यास हुनेछ," पटवालले क्वालालम्पुरमा क्रिकेटिङ्ग नेपाललाई भने ।

पटवलाले टोलीका लागि सिँगापुरमा हुने क्वालिफायर जित्ने बाहेक अरु कुनै बिकल्प नरहेको बताए । "हाम्रो मुख्य लक्ष्य भनेकै वल्र्ड कप खेल्नु हो र यसका लागि हामी पहिलो ग्लोबल क्वालिफायर्समा प्रवेश गर्नु पर्ने छ । ग्लोबल क्वालिफायर्स पुग्नका लागि एसिया क्वालिफायर जित्नु बाहेक अरु कुनै बिकल्प छैन ।"

उमेश पटवालको पुरा अन्तरवार्ता हेर्नुहोस्