म जुनसुकै स्थानमा पनि ब्याटिंग गर्न तयार छु - पारस खड्का (भिडियो अन्तरवार्ता)
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-२६

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मलेसिया बिरुद्धको दुईवटा ट्वान्टी ट्वान्टी खेल र सिंगापुरमा जुलाई २२ तारिखबाट शुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा जुनै पनि स्थानमा ब्याटिंग गर्न तयार रहेको जनाएका छन् ।

मलेसियामा कुरा गर्दै कप्तान खड्काले युएई बिरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा टोलीको आवस्यकता अनुसार ओपनिंगमा ब्याटिंग गरेको र आउन लागेको दुईवटा प्रतियोगितामा पनि टोलीको आवस्यकता अनुसार जुनसुकै स्थानमा पनि ब्याटिंग गर्ने जनाएका हुन् ।

'म ओपनिंगमा नै आउँछु अथवा अन्य स्थानमा आउँछु भन्ने छैन । टोलीलाई जे आवस्यकता पर्छ मा त्यहि अनुसार ब्याटिंगमा आउँछु,' कप्तान खड्काले मलेसियामा कुरा गर्दै बताए ।

त्यस्तै कप्तान पारसले को कुन स्थानमा ब्याटिंग गर्छ अथवा को खेल्छ को खेल्न्दैन भन्ने भन्दा पनि आफ्नो टोलीको पहिलो लक्ष्य भनेको नै मलेसिया बिरुद्धको शृंखला तथा विश्वकप छनोटको उपाधि उचाल्दै युएईमा आयोजना हुने क्वालीफायर्समा छनोट हुनु पनि रहेको जनाए ।

मंगलबार राती मलेसिया आइपुगेको नेपाली टोलीले बुधबार किन्रारा ओभलमा अभ्यस गर्यो भने आज सेलेंगर टर्फ क्लबमा म्याच सिनारियो गर्यो ।

पारसको पुरा भिडियो हेर्नुहोस्