अफगानिस्तान माथि सनसनी जीत निक्लादै पाकिस्तान अंक तालिकाको चौथों स्थानमा
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-१४

अफगानिस्तान माथि तीन विकेटको सनसनी जीत निकाल्दै पाकिस्तान इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपको अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । आठ खेल खेलेको पाकिस्तान चार खेलमा जीत र एक खेल वर्षाका कारण रद्ध भए पछि नौं अंकका साथ चौथों स्थानमा उक्लिएको हो । आठ खेल नै खेलेको अफगानिस्तान भने आठौं खेलको समाप्तीमा पनि जीत बिहिन रहेको छ ।

इमाद वसिमको अलराउण्ड प्रदर्शनसंगै अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य पक्ष्याएको पाकिस्तानले ४९ दशमलब चार ओभरमा सात विकेट गुमाएर जीत दर्ता गराएको हो ।

पाकिस्तानको जीतमा नायक रहे इमाद वसिम । खराब अवस्थामा रहेको पाकिस्तानलाई जीत दर्ता गराउने क्रममा वसिमले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए भने उनलाई साथ दिंदै वहाब रियाजले पनि नौं बलमा अविजित १५ रन बनाए । त्यस्तै तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका बाबर अजामले ४५ तथा इमान उल हकले पनि ३६ रनको योगदान दिए ।

अफगानिस्तानका मोहम्मद नाबीले १० ओभरमा २३ रन तथा मुजिब उर रहमानले १० ओभरमा नै ३४ रन खर्चिएर समान २-२ विकेट हात पारे ।

यस खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा सात विकेट गुमाएर २२७ रनको सामान्य योगफल तयार पार्यो ।

पाकिस्तानको लागि अस्गर अफगान र नाजिबुल्लाह ज़द्रानले सामना ४२-४२ रन बनाए भने ओपनर रहमत शाहले पनि ३५ रनको योगदान दिए ।

अफगानिस्तानलाई सस्तैमा रोक्ने क्रममा पाकिस्तानका शाहीन शाह अफ्रिदीले सर्वाधिक चार विकेट लिए भने इमाद वसिमले दुई तथा शादब खानले एक विकेट आफ्नो नाममा दर्ता गराए । समान १० ओभर बलिंग गरेका खान, अफ्रिदी र वसिमले क्रमसः ४४, ४७ र ४८ रन खर्चिए ।