भारतसँग १२५ रनले पराजित हुँदै वेस्ट इण्डिज विश्वकपबाट बाहिर
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-१२

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा भारतसँग १२५ रनले पराजित हुँदै वेस्ट इण्डिज विश्वकपबाट बाहिरिएको छ । छैठौं खेलमा भारतको यो पाँचौं जीत हो भने सातौं खेलमा वेस्ट इण्डिजको पाँचौं हार हो ।

खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको भारतले ५० ओभरमा सात विकेट गुमाएर २६८ रनको मध्यम योगफल तयार पार्यो भने जवाफी ब्याटिंग गरेको वेस्ट इण्डिज ३४ दशमलब दुई ओभरमा १४३ रन बनाउँदै अलआउट भयो ।

भारतलाई फराकिलो जीत दर्ता गराउने क्रममा तिब्र गतिका बलरहरु मोहम्मद शामी र जस्प्रित बुम्राले वेस्ट इण्डिज क्रमसः चार र दुई विकेट लिए । छ दशमलब दुई र छ ओभर बलिंग गरेका शामी र बुम्राले क्रमसः ६ र नौं रन खर्चिए । त्यस्तै युज्बेन्द्र चाहालले पनि दुई विकेट हात पारे ।

शुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको वेस्ट इण्डिजका लागि सुनिल एम्ब्रिसले सर्वाधिक ३१ तथा निकोलस पुरनले २८ रनको पारी खेले ।

यस अघि भारतको लागि कप्तान बिराट कोहली र महेन्द्र सिंह धोनीले अर्धशतक प्रहार गर्दै भारतलाई मध्यम योगफल तर्फ लगेका थिए । तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका कोहलीले ८३ बलमा सर्वाधिक ७२ रन बनाए भने धोनीले अविजित रहँदै ५६ रन बनाए । त्यस्तै ओपनर केएल राहुलले ४८ तथा हार्दिक पण्डयाले ४६ रनको योगदान दिए ।