युवराज सिँहको करिअर हाइलाइट्स
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२७

भारतको आफ्नो जमानाका उत्कृष्ट अलराउण्डर युवराज सिँहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सोमबार सन्यासको घोषणा गरेका छन् । युवराजकै उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले सन् २०११ को विश्वकप जितेको थियो ।

हेरौ उनको करिअरको हाइलाइट्स

जनवरी, २०००: राम्रो खेलाडीको रुपमा स्थापित हुदै युवराजले भारतीय अण्डर १९ टिममा स्थान बनाए । भारतले श्रीलंकामा अण्डर १९ विश्वकप जित्दा उनी टिमका महत्वपूर्ण खेलाडी बने । अण्डर १९ विश्वकपमा उनले ३३ दशमलव ८३ को औसतमा २०३ रन बनाउनुका साथै बाया हाते स्पिनले पनि खास प्रभाव पार्न पुगे । एक बर्ष नपुग्दै उनी भारतीय सिनियर टिममा स्थान बनाउन सफल भए ।

अक्टोबर, २०००: भारतका लागि खेलेको दोश्रौ एकदिवसीयमा नै युवारज चर्चाको बिषय बन्न पुगे । आईसिसि नकआउट कप – हालको च्याम्पियन्स ट्रफि – क्वार्टर फाइनलमा युवराजले ८० बलमा ८४ रन प्रहार गर्दै भारतलाई अविस्मरणीय जित दिलाएका थिए ।

जुलाई २००२: भारतीय क्रिकेटको सबैभन्दा उत्कृष्ट जितहरु मध्येको एक खेलमा युवराजले ६९ रन प्रहार गर्दै मोहम्मद कैफसँगको महत्वपूर्ण साझेदारीमा इङ्गल्याण्डबिरुद्धको न्याटवेस्ट क्रिकोणात्मक श्रंखलाको फाइनलमा टिमलाई जित दिलाएका थिए । लर्डसमा भएको खेलमा भारतलै ३ सय २६ रनको योगफल पछ्याएको थियो । उक्त इनिङ्गसपछि युवराजले भारतीय एकदिवसीय टिममा आफ्नो स्थानलाई मजबुत बनाएका थिए ।

सेप्टेम्बर, २००७: दक्षिण अफ्रिकामा भएको पहिलो ट्वान्टी ट्वान्टी विश्वकपमा युवराजले स्टुवर्ट ब्रोडलाई एकै ओभरमा ६ छक्का प्रहार गरे । युवराजले १२ बलमै अद्र्धशतक प्रहार गरेका युवराजले उक्त खेलमा १६ बलमा ५८ रन बनाएपछि भारतले २ सय १८ रन बनाएको थियो । इङ्गल्याण्डले जवाफमा २ सय रन बनायो । त्यसपछि युवराजले सेमिफाइनलमा अष्ट्रेलियाबिरुद्ध ७० रन प्रहार गर्दै भारतलाई उपाधि उन्मुख गराएका थिए ।

अप्रिल, २०११: युवराजको लागि बनेको विश्वकप । भारतीय उपमहाद्विप भएको यस विश्वकपमा युवराजले एक शतक र चार अद्र्धशतकसँगै ३६२ रन बनाए । यस क्रममा उनले १५ विकेट पनि लिदै म्यान अफ द सिरिजको रुपमा चुनिए । विश्वकपमा ३ सय भन्दा बढी र १५ विकेट लिने उनी हालसम्म एकमात्र अलराउण्डर हुन् ।