भारतसँग डिफेन्डिंग च्याम्पियन अस्ट्रेलिया ३६ रनले पराजित
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२६

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप अन्तर्गत आफ्नो दोश्रो खेलमा डिफेन्डिंग च्याम्पियन अस्ट्रेलिया ३६ रनले पराजित गर्दै भारतले आफ्नो जीतको सिलसिला कायम राखेको छ । तेश्रो खेलमा अस्ट्रेलियाको यो पहिलो हार हो ।

अस्ट्रेलियाले शुरुवात राम्रो गरेता पनि खेलको उत्तरार्धमा आएर आक्रमक खेल्न नसक्दा हारको सामना गर्न पुग्यो ।

अस्ट्रेलियाको लागि ओपनरद्वय आरोन फिन्च र डेविड वार्नरले १३ दशमलब एक ओभरमा ६१ रन जोड्दै मध्यम शुरुवात दिए । कप्तान फिन्च ३५ बलमा ३६ रन जोड्दै रनआउट हुन पुगे । त्यस पछि वार्नर र स्टिभ स्मिथले ७० बलमा ७२ रन जोडे । आक्रमक पारी खेल्न पर्ने अवस्थामा वार्नरले ८४ बलको समान गर्दै मात्र ५६ रन बनाएर आउट भए ।

७० बलको सामना गर्दै पाँच चौका र एक छक्काको मद्धतमा ६९ रन बनाएका स्मिथले ३९ बलमा ४२ रन बनाएका उस्मान खवाजासँग मिलेर अस्ट्रेलियालाई जीत तर्फ उन्मुख गराएता पनि तीन ओभरको अन्तरालमा दुबै जना आउट भए पछि अस्ट्रेलिया हार नजिक पुग्यो ।

सातौं नम्बरमा ब्याटिंग गर्न आएका विकेट किपर ब्याट्सम्यान एलेक्स करीले खेलको अन्त्यतिर आक्रमक सटहरु खेलेता पनि अस्ट्रेलियालाई जीत दिलाउन पर्याप्त रहेन । ३५ बलमा पाँच चौका र एक छक्काको मद्धतमा तुफानी ५५ रन बनाएका करी अविजित रहे ।

भारतको जीतमा भुवनेश्वर कुमार र जस्प्रित बुम्राले समान ३-३ विकेट लिए भने युज्बेन्द्र चाहालले पनि दुई विकेट हात पारे ।

यस अघि ब्याट्सम्यानहरुले उत्कृस्ट ब्याटिंग प्रदर्शन गर्दा खेलमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाएर ३५२ रनको विशाल योगफल बनायो ।

भारतलाई ठुलो बनाउन शिखर धवनले शतक तथा रोहित शर्मा र कप्तान बिराट कोहलीले अर्धशतक प्रहार गरे भने तुफानी पारी खेलेका हार्दिक पांड्याले अर्धशतक बनाउन चुके ।

भारतको लागि ओपनर शिखर धवनले सर्वाधिक ११७ रन प्रहार गरे । १०९ बलको सामना गरेका उनले १६ चौका प्रहार गरे । धवनले ७० बलमा ५७ रन प्रहार गरेका अर्का ओपनर रोहित शर्मासँग मिलेर पहिलो विकेटका लागि २२ दशमलब तीन ओभरमा १२७ रन जोड्दै भारतलाई राम्रो शुरुवात दिलाए । त्यस पछि धवनले कप्तान कोहलीसँग मिलेर दोश्रो विकेटका लागि ९३ रन जोडे ।

चौथों नम्बरमा ब्याटिंग गर्न आएका हार्दिकले कोहलीसँग मिलेर तेश्रो विकेटका लागि ५३ बलमा आक्रमक ८१ रन जोडे । हार्दिकले २७ बलको सामना गर्दै चार चौका र तीन छक्काको मद्धतमा ४८ रन बनाएर आउट भए भने कोहलीले धोनीसँग चौथों विकेटका लागि २० बलमा ३७ रन जोड्दै भारतलाई विशाल योगफल बनाउन मद्धत गरे ।

७७ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ८२ रन बनाएका कोहली तथा १४ बलमा २७ रन जोडेका भारतको पारीको अन्तिम ओभरमा मार्कस स्टिनिसको शिकार भए । केएल राहुल भने तीन बलमा ११ जोड्दै अविजित रहे ।

अस्ट्रेलियाको तर्फबाट मार्कस स्टिनिसले सर्वाधिक दुई विकेट हात पारे ।