नीस्हम र फर्गुसनको घातक बलिंगमा निरिह अफगानिस्तान
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२५

न्युजिल्याण्डका मध्यम गतिका बलर जेम्स नीस्हमले पाँच विकेट लिएसँग हाश्मतुल्लाह शाहिदीको अर्धशतकका बाबजुत आफ्नो तेश्रो खेलमा अफगानिस्तानले १७३ रनको लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ४१ दशमलब एक ओभरमा १७२ रन बनाएर समेटिन पुग्यो ।

अफगानिस्तानका ओपनरद्वय हज्रतुल्लाह ज़जाई र नुर अलि ज़द्रानले क्रमसः २८ बलमा ३४ र ३८ बलमा ३१ रन जोड्दै पहिलो विकेटका लागि १०.५ ओभरमा ६६ रन जोड्दै उत्कृस्ट शुरुवात दिए । तर त्यस पछि लगातार रुपमा विकेट गुमाउँदा सानै योगफलमा समेटिन पुग्यो ।

एक पछि अर्को विकेट गुमएता पनि हाश्मतुल्लाह शाहिदीले ५९ रन बनाउँदै अफगानिस्तानको पारी सम्हाल्ने प्रयास गरे । ९९ बलको सामना गरेका उनले नौं चौका प्रहार गरे ।

अफगानिस्तानको पारी धोस्त पार्ने क्रममा न्युजिल्याण्डका जेम्स नीस्हमले सर्वाधिक पाँच विकेट लिए भने लोकी फर्गुसनले पनि चार विकेट हात पारे । त्यस्तै कोलिन डी ग्रान्डहोमले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए । घातक बलिंग गरेका नीस्हमले १० ओभर बलिंग गर्दै एक मेडन सहित मात्र ३१ रन खर्चिए । फर्गुसनले ९.१ ओभरमा तीन मेडन ओभर राख्दै ३७ रन दिए ।